‘म्याग्देको विकासमा जनज्योति माेटरमार्ग महत्त्वपूर्ण ‘

  • ख-
  • ख+

म्याग्दे : म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले विकास निर्माणकाे काम गरेर नाफा घाटा के भयो ? त्यो यथार्थ सार्वजनिक गरिनु ज्यादै सराहनीय काम भएको बताएकी छन् ।

शनिबार जनज्योति माेटर मार्ग पक्की नाला तथा कुलो निर्माण समितिकाे खर्च तथा आम्दानी सार्वजनिक कार्यक्रममा रानाले उक्त कुरा बताएकी हुन् । म्याग्देकाे घुम्ती पुल देखि बेलटार ठाँटी सम्मकाे २ सय ५ मिटर पक्की नालि तथा कुलो निर्माणकाे काममा स्थानीय उपभोक्ताहरूले धेरै  जनश्रमदान  गरेको रानाले बताइन् । जहाँ नाली छ त्यहाँ बाटोको अायु छ रानाले भनिन् ।


अन्यत्र काम सक्ने अनि हिसाब सार्वजनिक नगरी गुपचुप राखेर बस्ने जुन प्रचलन थियो त्यसलाई ताेड्ने काम जनज्योति माेटर मार्ग समितिले गरेको छ रानाले थपिन् । पृथ्वीराजमार्गकाे घुम्ती बाट बेलटार तर्फ जाने बाटो यश क्षेत्रकाे महत्त्वपूर्ण र एतिहासिक बाटो भएकोले गाउपालिकाले यसलाई प्राथमिकतामा राखेको रानाले बताइन् ।

यहाँबाट म्याग्देकाे ७ नं वडा र ब्यास नगरपालिकाकाे ५ नं वडा समेतका बासिन्दाहरू प्रत्यक्ष लाभान्वित हुने रानाले बताइन् । हिसाब पारदर्शी तरिकाले राखेर सबै उपभोक्तालाई जानकारी गराउनु ठुलो कुरा भएको रानाले बताइन् । 


माेटरमार्गकाे  लागत ४ लाख ६७ हजार ९ सय ४५ तथा जनसहभागिता बाट ४ लाख ४८ हजार २ सय ५ रूपया संकलन गरिएको र कबुल गरेर उठ्न बाँकी ३१ हजार ३ सय रहेको  सार्वजनिक गरिएको थियो । 

कार्यक्रममा कार्यपालिका सदस्य राधाकुमारी घिमिरे ,नेकपा माओवादी नेता दिलबहादुर नेपाली , घुम्ती टाेल बिकास संस्थाका अध्यक्ष बालचन्द्र घिमिरे , द्वारिकानाथ घिमिरे , बद्रीनाथ घिमिरे , बसन्त कुमार श्रेष्ठ , शुरेस घिमिरे , पार्वती शाही लगायतले मन्तब्य राखेको काङ्ग्रेस नेता पुर्णचन्द्र घिमिरेले बताए ।


सन्तमान श्रेष्ठको अध्यक्षतामा भएको  कार्यक्रमकाे स्वागत गुनबहादुर थापाले र सञ्चालन पुर्णचन्द्र घिमिरेले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी