क्यान्सरपीडित गल्बुबेसीकी महिलालाई तमु सुधार समाजको एक लाख सहयोग

  • ख-
  • ख+

दमौलीः क्यान्सरपीडित व्यास १ गल्बुबेसी निवासी ४५ वर्षिया पार्वती गुरुङलाई व्यास नगर तमु सुधार समाज समितिले एक लाख आठ हजार ३९५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
आन्द्राको क्यान्सरको समस्या झेल्दै आएकी गुरुङलाई समाजका तर्फबाट संकलित रकम एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।

संस्थाका अध्यक्ष लेप्टेन मनबहादुर गुरुङसहित संस्थाका सदस्यले पार्वतीको घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।

निर्माण श्रमिकका रुपमा काम गर्दै आएकी उनको उपचारमा आर्थिक अभाव भएको सुनेपछि सहयोग गरिएको तमु सुधार समाजका अध्यक्ष गुरुङले जानकारी दिए । अपांगता भएका एक छोरासहित पाँच छोराछोरी भएकी गुरुङको हालै अपरेशन गरिएको थियो ।

नियमित रुपमा किमोथेरापी गर्नुपर्ने भएकाले आर्थिक अभाव भएको गुनासो परिवारको छ । महिलाका श्रीमान पनि निर्माण क्षेत्रमा श्रमिक हुन् ।

समाजका कोषाध्यक्ष गीरबहादुर गुरुङले हाल समाजका सदस्यका तर्फबाट स्वतःस्फूर्त रुपमा उठेको सहयोग प्रदान गरेको भन्दै थप सहयोगका लागि सुभेच्छुकसँग आग्रह गरे । पार्वतीको उपचारका लागि सामाजिक संघ संस्थाहरुबाट सहयोग नभएकाले सघाइदिनका लागि पनि समाजले आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी