‘डोवाटे विक मन्त्री नबन्दा रामचन्द्रले किन माफी माग्ने ?’

  • ख-
  • ख+

दमौलीः संविधान सभासद एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पोखरेलले प्रदेश सभा सदस्य डोवाटे विकको मूल्यांकन पार्टीबाट हुने विश्वास गरेका छन् । उनले विक मन्त्री नबन्नुको कारण समयक्रममा बाहिर आउने भन्दै पोखरेल परिवारले कहिल्यै पनि विकको भूमिका अवमूल्यन नगरेको प्रष्टीकरण दिए ।

विक मन्त्री बन्ने चर्चाका बीच नभए पछि सोही दिन राती लामो स्ट्याटस लेखेका पोखरेलले त्यसो गर्नु पर्ने वा नपर्ने विषयमा टिका टिप्पणी व्यापक भएको थियो ।

तनहुँ टेलिभिजनको शनिबार राती प्रशारण हुने कार्यक्रम संवादमा पत्रकार पवन पौडेलसँग कुराकानी गर्दै उनले भने,‘त्यो दिन म साह्रै भावुक बनें । सुत्न पनि सकिन ।’

पोखरेलसँग उनको भावी राजनीतिक आकांक्षा, कांग्रेसमा कोईराला परिवारको शक्ति र विभाजनलगायत पाटोमा कुराकानी भएको र अन्र्तवार्ता शनिबार राती ७ः४५ तथा ९ः२० मा प्रशारण हुने तनहुँ टेलिभिजनले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी