सन्तोषको उपचारका लागि बेलायतबाट दुई लाख

  • ख-
  • ख+

दमौलीः मृगौला फेल भए पनि आर्थिक अभावका कारण उपचार गर्न नपाएका व्यास १४ केशवटारका सन्तोष रानालाई बेलायतमा बस्दै आएका नेपालीहरुले दुई लाख रुपैयाँ आर्थिक सहयोग पठाएका छन् ।


रानाको उपचारका लागि मगर समाज बेलायत अन्तर्गत जीवन थापाको सक्रियतामा आर्थिक संकलन अभियान थालिएको थियो । सन्तोष बचाउ अभियानमा बेलायतमा रहेका नेपालिहरुले उत्साहजनक सहयोग गरेको थापाले जानकारी दिए ।

‘बेलायतबाट पनि उल्लेख्य मात्रामा आर्थिक संकलन भयो,’ थापाले भने,‘सन्तोषले नयाँ जीवन पाउनेछन् भन्नेमा आशावादी छौं ।’


अपांगता भएका युवाबाट पनि सहयोग
सन्तोषको उपचारका लागि बन्दीपुर १ डुम्रे (छाप) निवासी अशोक थापाले दुई हजार पाँच सय सहयोग गरेका छन् । आफैं अपांगताको समस्यासँग जुधिरहेका थापाले सन्तोषको उपचारका लागि सबै क्षेत्रबाट सहयोग भैरहेको सुनेकाले आफ्ना तर्फबाट पनि सघाएको बताए । अनलाईन व्यापारमा सक्रिय थापाले आफ्नो तर्फबाट पनि सहयोग अभियानमा सघाउन पाउँदा खुशी लागेको बताए ।

यसैगरी व्यास १४ कुलुङ घर भै हाल पोखरा बस्दै आएका होम आलेले पनि सन्तोषको उपचारका लागि ६ हजार रुपैयाँ सहयोग गरेको बताइएको छ । सन्तोषको उपचारका लागि यस अघि अमेरिकामा अनलाईनमार्फत सांगितिक कार्यक्रम गरेर पनि सहयोग संकलन गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी