ऋषिङ बाढी पहिरो: मुख्यमन्त्री पोखरेलद्वारा स्थलगत निरीक्षण

  • ख-
  • ख+

ऋषिङ: मुख्यमंत्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको ऋषिङको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

मुख्यमंत्री पोखरेलले पहिरोले ज्यान गुमाएकाको परिवारसँग भेट पनि गरे ।
उनले प्रदेश सरकारको सहयोगमा मर्मत भइरहेको ऋषिङको श्रङ्ग पथको समेत निरीक्षण अवलोकन गरे । त्यस क्रममा मुख्यमंत्री पोखरेलले प्रदेश सरकारले विपदसंग जुध्न विशेष योजना र राहत कार्यक्रम ल्याएको बताए ।

मुख्यमंत्री पोखरेलले ऋषिङको बाटो नियमित बनाउनुका अलावा प्रदेशभर राहत र उद्धारमा निरन्तर जारी रहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले विपत्तिका समयमा गाउँपालिकाले सक्दो राहत र पुनर्स्थापनाको प्रयास गरेको भन्दै आगामी दिनमा पनि सक्रिय रहने प्रतिवद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी