तनहुँ कोरोना अपडेटः सक्रिय संक्रमित पाँच सय कटे, खतरा बढ्यो

  • ख-
  • ख+

दमौलीः तनहुँमा सक्रिय संक्रमितको संख्या पाँच सय कटेको छ ।

पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमितमा १२ महिला र ११ पुरुष छन् । यससँगै सक्रिय संक्रमितको संख्या खतराको सूची नजिक पुगेको हो ।

सरकारको स्वास्थ्य मापदण्डमा पाँच सय बढी सक्रिय संक्रमित कट्नुलाई खतराको रुपमा लिने गरिएको छ । विगतमा यसै आधारमा लकडाउन समेत जारी गर्ने गरिएको थियो । तर पछिल्लो समय भ्याक्सिन लगाउने क्रम समेत बढेसँगै पहिलेकै ढाँचाको निषेधाज्ञा भने बिरलै जारी भएका छन् ।

तर पनि स्वास्थ्य अधिकारीहरुले सक्रिय संक्रमित पाँच सय नाघ्नुले स्वास्थ्य संस्थामा बिरामीको चाप थेग्न नसक्ने अवस्था भएमा खतरापूर्ण हुने चेतावनी दिने गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी