दोहोरी च्याम्पियनमा पुगेका तनहुँका लोक गायक बसन्तको अपिल,‘भोट दिएर जिताइदिनुस्’

  • ख-
  • ख+

दमौलीः लोक संगीतका क्षेत्रमा उदाइरहेका तनहुँका लोक प्रतिभा वसन्त विक लोकप्रिय टेलिभिजन कार्यक्रम दोहोरी च्याम्पियनको विजेता बन्न संघर्षरत छन् ।

ऋषिङ १ काहुँशिवपुरका विकले चर्चित गीतहरु पस्केर गायनमा आफूलाई निखारिसकेका छन् । दमौली एफएममा सांगितिक कार्यक्रम सञ्चालनसँगै गायनमा हात हालेका विक अहिले दोहोरी च्याम्पियनको अन्तिम १६ मा पुगेका छन् । बिहिबार रातीसम्म हुने एसएमएस मतदानमार्फत उनी टप ८ मा पुग्ने नपुग्ने निधो लाग्नेछ ।

गुल्मीकी पवित्रा मगरसँगको जोडी जमाउँदै अघि बढेका विक यस क्षेत्रकै प्रतिनिधित्व गर्दै विजेता बन्ने दौडमा छन् । उनलाई जिताउनका लागि बिहिबार मध्यरातसम्म एसएमएस मतदान गर्न सकिनेछ । विकले आफ्नो जोडीका लागि विजेता बनाउन DC08 टाइप गरेर 33001 मा एसएमएस पठाउन सकिने जानकारी दिए ।

यस अघिका हरेक सांगितिक अभियानमा साथ पाएक विक यसपाली पनि जिल्ला र प्रदेश तथा समग्र देशबाटै मत पाएर विजयी हुनेमा विश्वस्त छन् । ‘अहिलेसम्म मलाई धेरैले सघाउनुभएको छ,’ उनले दमौली न्युजसँग भने,‘मलाई गायन क्षेत्रमा स्थापित गर्न यसपाली पनि साथको आशा गरेको छु ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी