ऋषिङ बाढी पहिरोः राहतसहित मुख्यमन्त्री नेपाली ऋषिङ आउँदै

  • ख-
  • ख+

दमौलीः बाढी पहिरोका कारण कैयौं घर क्षतिग्रस्त भएको र धनजनको नोक्सानी बेहोरेको ऋषिङ गाउँपालिकामा राहत प्याकेजसहित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आउने भएका छन् ।


मुख्यमन्त्रीको सचिवालयका अनुसार उनी शुक्रबार गाउँपालिकाको स्थलगत भ्रमणका लागि तनहुँ आउँदैछन् । त्यसक्रममा उनले प्रदेश सरकारको बजेटमा मर्मत भैरहेको श्रृंगपथ सडकको निरीक्षण तथा प्रभावितका लागि प्रदेश सरकारका तर्फबाट राहत वितरण गर्नेछन् ।

प्रदेशको विपद् कोषबाट समेत तत्काल राहत दिएका मुख्यमन्त्रीले अरु थप सहयोगबारे समेत सोही अवसरमा घोषणा गर्ने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

‘हामीले संकटको घडीमा प्रदेश सरकारबाट सहयोगको अपेक्षासहित गएर गरेको अनुरोधपछि मुख्यमन्त्रीज्यूको निर्देशनमा काम भैरहेको छ,’ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले दमौली न्युजसँग भने,‘उहाँले सरकारका कामको प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम छ ।’
बाढी पहिरोका कारण गाउँपालिकाका ३७ घर पूर्ण तथा ८६ घर आंशिक क्षतिग्रस्त छन् ।

गाउँपालिकाले अति जोखिममा रहेकालाई स्थानान्तरणको प्रक्रिया थालेको छ । प्रदेशको विपद् कोषबाट समेत तत्काल राहत दिएका मुख्यमन्त्रीले अरु थप सहयोगबारे समेत सोही अवसरमा घोषणा गर्ने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।


मुख्यमन्त्री नेपाली ऋषिङबाट घिरिङ हुँदै गृहजिल्ला नवलपरासी क्षेत्र जानेछन् । त्यसक्रममा विभिन्न सडक र विकास निर्माणको समेत अवलोकन गर्ने कार्यक्रम रहेको संविधान सभासद रामचन्द्र पोखरेलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी