दमौलीमा सत्ता गठबन्धन पक्षीय दलको बैठकः विपत्तिमा परेकालाई तुरुन्त राहत दिने निर्णय

  • ख-
  • ख+

दमौलीः सत्ताधारी गठबन्धन निकट दलहरुको संयुक्त बैठक दमौलीमा बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासका पक्षमा मत दिएका दलहरुको संयुक्त बैठकले
प्राकृतिक विपत्ति र कोभिड –१९ को महामारीबाट जनधनको क्षतिमा परेका सबै तनहुँवासीको राहत, उपचार र पुनःस्थापनाको व्यवस्था तुरुन्त गर्न बैठकले तीन वटै तहका सरकारहरुसँग माग गरेको छ ।

सबै नागरिकलाई कोभिड –१९ खोप व्यवस्थापनका साथै तुरुन्तै लगाउन पहलकदमी लिन संघ, प्रदेश र स्थानीय सरकारसमक्ष आव्हान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

माधव नेपाल निकट नेकपा एमाले तनहुँका अध्यक्ष शंकरनारायण श्रेष्ठको अध्यक्षतामा भएको उक्त बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य तनहुँ ईन्चार्ज प्रतापलाल श्रेष्ठ, नेपाली काग्रेस तनहुँ सभापति एवं व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, नेकपा माओवादी केन्द्र जिल्ला संयोजक राजेन्द्रकेशरी न्यौपाने, जनता समाजवादी पार्टी के. स. प्रतिनिधिहरु देवेन्द्र थापा र कृष्ण घिमिरे नेका जिल्ला सचिव विश्व बाँस्तोला, नेकपा एमाले जिल्ला सचिव श्रीराम कार्की एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान अध्यक्ष एवं माओवादी केन्द्र नगर सचिव आर सि सापकोटा नेकपा एमाले जिल्ला कमिटी नेता गजिन्द्रराज पन्थ लगायतले बोलेको नेकपा एमाले ( नेपाल ) जिल्ला सचिव श्रीराम कार्कीले जानकारी दिए ।

पछिल्लो समय तनहुँमा रिक्त विभिन्न राजनीतिक पद लगायतका विषयमा समेत सत्ताधारी गठबन्धनबीच समझदारी कायम गर्ने सहमति भएको बुझिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी