मुग्लिन–नारायणगढ सडक दुईतर्फी

  • ख-
  • ख+

मुग्लिनः वर्षाका कारण पटक पटक अवरुद्ध हुँदै आइरहेको मुग्लिनङ–नारायणगढ सडकखण्डको यातायात आगमन अहिले नियमित छ । मंगलबार राती परेको वर्षाका कारण पहिरो खस्दा इच्छाकामना ६ चारकिलोमा सडक अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक सडक डिभिजन भरतपुरको लोडरको सहायताले हटाइएको र यातायात आगमन दुईतर्फी नै भएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक कञ्चन तामाङले जानकारी दिए ।

आईतबार राती वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा सडक झण्डै १७ घण्टा अवरुद्ध भएको थियो । चार किलोमा ठूलो पहिरो खसेकामा हटाएर यातायात नियमित बनाइए पनि पानी पर्ने क्रम नरोकिंदा सडकखण्डमा पहिरो खस्ने र सडक अवरुद्ध भैरहने गरेको छ ।
प्रहरीले यात्रा गर्नुपर्दा आवश्यक सूचना लिएर मात्र गर्न आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी