तीन वर्षिया छोरी र श्रीमती छोडे, अर्कै युवती लिएर सम्पर्कविहिन बने विक

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
व्यास १२ खुर्लुङका २५ वर्षिय कृष्णबहादुर विक १७ दिनदेखि सम्पर्कविहिन भएका छन् । तनहुँ घर भएर कामको शिलशिलामा काभ्रे गएका विकले काभ्रे ४ कि १५ वर्षिय राधा (प्रितिका )रोका लाई भगाएर सम्पर्क बिहिन भएका हुन् ।

घरमा श्रीमती, ३ र ६ वर्षिय २ नाबालक छोरी हुँदाहुँदै विकले अर्को युवती लिएर भागेको राधा रोकाको बुवा लोकबहादुर रोकाले बताए ।

छोरी लिएर कृष्ण विक भागेपछि खोज्नको लागि तनहुँ आएको भन्दै उनले कतै केही खबर नपाउँदा चिन्ता लागेको बताए । कहाँ लग्यो के गर्याे भनेर निकै पिर मानेकी आमा मंगलीले यतिका दिन बित्दा पनि केही खबर नपाउँदा निराश मानेको बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी