छाब्दीका बाढीपीडितलाई क्षेत्रीय हाेटल संघको २६ हजार सहयोग

  • ख-
  • ख+

छाब्दी : क्षेत्रीय हाेटल संघ तनहुँले बाढीपीडित अाफ्ना सदस्यलाई अार्थिक सहयोग गरेको छ । व्यास नगरपालिका स्थित छाब्दीमा गत असार १५ गते अाएकाे बाढीले पुर्ण क्षति पुर्याएकाे हाेटलमा संघले २६ हजार सहयोग गरेको अध्यक्ष राम जाेशीले बताए ।

स्थानीय सम्झना थापाकाे सम्झना खाजा घर र सुन्तली दरैकाे अनिल खाजा घर रातिको समयमा अाएकाे बाढी पसि बगाउँदा भएको क्षति लाई केही भए पनि राहत महसुस हाेस भनेर सहयोग गरिएको जाेशीले बताए ।

ब्यबसाय सञ्चालनकाे क्रममा काेहिपनि ब्यबसायि लाई अफ्ट्यारो पर्दा सहयोग गर्नुनैँ संघ खाेल्नुकाे मुख्य उद्धेश्य हाे संघका बरिस्ठ उपाध्यक्ष बिकास खनालले भने । भैपरि अाउने समस्या र विपत्तिमा परेका अाफ्ना ब्यबसायि लाई बिगतमा पनि विभिन्न किसिमकाे सहयोग गर्दै अाएकाे र अहिलेकाे संघको सहयोग पनि त्यसैको निरन्तरता भएको खनालले बताए ।

काेभिड १९ काे समस्या भाेगिरहेका ब्यबसायिलाइ बाढीले थप पिडा दिइरहेको अवस्थामा अाफ्ना सदस्यलाई भेटि सान्त्वना एवम् हाैसला दिनु र थाेरै भए पनि अार्थिक सहयोग गरि पाेलेकाे घाउमा मलम लगाउने काम गर्नु संघको दायित्व भएको संघका महासचिव चन्द्रकुमार कायस्थले बताए ।

सहयोग रकमले अाँफुहरू लाई ठुलो राहत मिलेको महसुस भएकाे भन्दै पिडित अनिल खाजा घरकि सुन्तली दरैले दुखमा क्षेत्रीय हाेटल संघले हेर्ने गर्दाेरहेछ यसको लागि संघलाई धन्यवाद दिन्छु दरैले भनिन् ।रातिको समयमा बाढी अाएकाे हुँदा हामीले हाेटलकाे कुनै पनि सामान निकाल्न पाएनाैँ , ज्यान जाेगाउन मुस्किलले सक्यौं पिडित दरैले भनिन् । अहिले पनि त्यो रात सम्झंदा मन झस्किन्छ उनलेे भनिन् ।

उक्त सहयोग कार्यक्रममा क्षेत्रिय हाेटल संघका सल्लाहकार झनक नारायण श्रेष्ठ , जिल्ला सदस्य सुनिता पन्त , दमाैली बजार इकाईका सभापति लालप्रसाद तिमिल्सिना , सचिव बालकृष्ण अाले , सहसचिव शंकर अधिकारी , काेशाध्यक्ष विज्ञान कैनि , सदस्य गणेश खत्री , सुजन अधिकारी लगायतको उपस्थिति रहेको थियो । संघले यश अगाडि पनि अाफ्ना ब्यबसायि हरू लाई समस्या पर्दा अार्थिक लगायतका विभिन्न सहयोग गर्दै अाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी