ऋंगपथ: सोचेभन्दा चाँडै काम, तीन दिनमै यातायात अवरोध हटाएर बस सञ्चालन

  • ख-
  • ख+

दानबहादुर श्रेष्ठ
ऋषिङः
अनुमान गरिएको भन्दा निकै कम समयमा ऋषिङ जाने यातायात सञ्चालनमा आएको छ । करिब एक महिनादेखि अवरुद्ध सडकका विभिन्न खण्डमध्ये धेरै भागको अवरोध हटे पनि बाँकी रहेको अजम्बरी क्षेत्रको सडकको अवरोध पूर्ण रुपमा हटेर यातायातका साधन चल्न थालेको छ ।

करिब दुई साता लाग्ने ठानिए पनि काम शुरु भएको तीन दिनभित्रै अवरोध हटाउन सम्भव भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष चिजकुमार श्रेष्ठले जानकारी दिए । उनले दुई सातासम्म लाग्ने अनुमान गरेका थिए । ‘दिनरात नभनेर काम गरेका थियौं,’ उनले भने,‘अहिले बस चलाउन मिल्ने भएको छ ।’

तत्काल यातायात सञ्चालनमा आए पनि पहिरो खसेको भागमा ग्याबिन जाली राख्ने र अरु मर्मतका काम भने चलिरहेका छन् ।

गाउँपालिकाको आग्रहमा गण्डकी प्रदेश सरकारले सो सडकको मुख्य पहिरो हटाउन र मर्मतका लागि सहयोग गरेको छ । सडक जोखिमपूर्ण बनेकाले ग्याबिन जाली राख्ने र मर्मतको काम पुरा नगर्दासम्म पुरै काम भने नसकिने भएकाले निरन्तर काम जारी राखिने निर्माण अध्यक्ष श्रेष्ठले बताए ।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले केही दिनमै यातायात चल्ने गरी काम गर्न उपभोक्ता समितिलाई निर्देशन दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी