दमौली: व्यास १ आदम खोल्सा मा एक युवक मृत भेटिएका छन् । व्यास १ हाइस्कूलटारका १८ वर्षका आकाश रिजाल मृत अवस्थामा भेटिएका हुन् ।
उनी मृत भेटिएको खबर स्थानीयले दिए पछि प्रहरी घटनास्थल पुगेको थियो ।
उनको मृत्युको कारणबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।