निधन भएका थर्पुका दुई सदस्यका परिवारलाई तउवासंघको साढे २ लाख सहयोग

  • ख-
  • ख+

थर्पुः असामयिक निधन भएका थर्पुका आफ्ना दुई सदस्यलाई तनहुँ उद्योग वाणिज्य संघले जनही एक लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

गत वर्ष स्थापित व्यवसायी भलाई कोषमार्फत रकम प्रदान गरिएको हो । संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले दिवंगत थर्पु बजार एकाईका सदस्य स्वर्गीय यज्ञनारायण श्रेष्ठ तथा राजन कायस्थको घरमा पुगेर रकम प्रदान गरे ।

यज्ञनारायणको तेह्रौं पुण्य तिथिमा पत्नी देवी तथा राजनकी पत्नी गोमालाई रकम हस्तान्तरण गरिएको हो ।

एकाइ सभापति भीमलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष इमकुमार मल्ल, द्वितिय उपाध्यक्ष कुमार मल्ल, महासचिव सुबोध अधिकारी, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, महिला उद्यमी सभापति शकुन्तला श्रेष्ठ, एकाइका पूर्व सभापति रामकुमार मल्ल, उपसभापति शेषकान्त घिमिरेलगायतको उपस्थिती रहेको सचिव सुन्दरमणि अधिकारीले जानकारी दिए ।

संघका प्रथम उपाध्यक्ष ईमकुमार मल्लले अप्ठेरो परेका बेला सघाउन स्थापित कोषबाट धेरै व्यवसायी लाभान्वित भएको भन्दै यसमा आवद्ध हुन सबैलाई आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी