ऋषिङका पहिरोपीडित २१ परिवारलाई रेडक्रसको राहत

  • ख-
  • ख+

ऋषिङः ऋषिङका पहिरोपीडित २१ परिवारलाई राहत वितरण गरिएको छ । गत असार २४ गतेको पहिरोपीडितको लागि नेरेसो कोटदरबार उपशाखाको पहल र संयोजनमा नेरेसो तनहुँबाट प्राप्त त्रिपाल, लत्ताकपडा, भाँडाकुँडा, मृतकको परिवारको लागि दाताहरूबाट संकलित नगद, खाद्यान्न, तउवासं दमौली बजार एकाइद्वारा संकलित कपडा, जुत्ताचप्पलगायतका सामग्री सोसाइटीकी मन्त्री चिनु पोख्रेलको उपस्थितिमा वितरण गरिएको जनाइएको छ ।


राहत प्राप्त गर्ने सबै परिवार पूर्णक्षति अन्तर्गतका ऋषिङ्ग–७ डढीवन, बाँझोगरा, चेलोक्मा र छतिवनका व्यक्तिहरू रहेको सोसाइटीले जनाएको छ । मृतक देवीसरा थापाको परिवारलाई तउवासं दमौली बजार एकाइबाट प्राप्त ७,५००।– र नेरेसो कोटदरबार उपशाखाका सभापति इन्द्रबहादुर आलेबाट रू. ४,०००।– नगद सहयोग गरिएको थियो ।

उक्त अवसरमा नेरेसो कोटदरबार उपशाखाको तर्फबाट मृतकको परिवारलाई रू. ५,०००।– प्रदान गरिने जानकारी सभापति आलेले गराएका थिए ।

पहिरोले आवतजावत बन्दप्रायः र अत्यन्त जोखिमपूर्ण रहेकोले उनीहरूलाई ऋषिङ्गको सट्टा म्याग्दे–१ स्थित बर्च्याङ गाउँबाट राहत वितरण गरिएको सभापति ईन्द्र आलेले जानकारी दिए ।
राहत वितरण कार्यमा नेका तनहुँका सदस्य मोहन गिरी, नेरेसो कोटदरबारका सभापति इन्द्रबहादुर आले तथा सचिव कविराज श्रेष्ठ उपस्थित थिए ।

यसअघि अर्का मृतक ऋषिङ्ग–८ माझकोटका खुमबहादुर आलेको परिवारलाई तउवासं दमौली बजार एकाइ र नेरेसो कोटदरबार उपशाखा सभापतिले प्रदान गरेको नगद रू. ७,५००।– र रू. ६,०००।– तथा नेरेसो कोटदरबारको तर्फबाट रू. ५,०००।– को चेक हस्तान्तरण गरि सकिएको सोसाइटीले जनाएको छ ।

साथै, तनहुँ उद्योग वाणिज्य संघ, अशोककुमार श्रेष्ठ (व्यास–२) र व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेबाट प्राप्त कुल ३७ हजार रुपैयाँबाट खाद्यान्न किनेर पीडितलाई वितरण गरिएको सभापति आलेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी