किड्नीको ट्युमर भएका प्रनिसको उपचारमा न्यू भिजनको ३३ हजार

  • ख-
  • ख+

म्याग्देः सानै उमेरमा किड्नीको ट्युमर भै अािर्थक अभावमा उपचारबाट बञ्चित म्याग्दे–२ गुन्जारा निवासी छ वर्षका प्रनिश सिन्जाली मगरको उपचारका लागि भन्दै न्यु भिजन युथ क्लब जामुनेले आर्थिक सहयोग गरेको छ ।


उपचारका लागि धेरै खर्च लाग्ने तर परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै क्लबे आफ्ना तर्फबाट ३३ हजार सात सय ५० रुपैयाँ सहयोग गरेको हो ।


क्लबका अध्यक्ष सन्दीप रानाभाटले परिवारका सदस्यलाई रकम बुझाएको सदस्य विधान रानाभाटले जानकारी दिए ।

सहयोग संकलनमा जामुने टोल बिकास संस्था, भिरपानी सामुदायिक वन तथा जामुनेवासीबाट सहयोग मिलेको उनले जानकारी दिए ।
सिञ्जालीको उपचारका लागि परिवारले सुभेच्छुकको सहयोग अपेक्षा गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी