गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशको प्रमुखमा सहिद पुत्र पृथ्वीमान गुरुङलाई सरकारले सिफारिस गरेको छ । प्रदेशको हालकी प्रमुख सीताकुमारी पौडेललाई हटाएर उनको ठाउँमा गुरुङलाई नियुक्त गर्न सरकारले सिफारिस गरेको छ ।

गण्डकी, लुम्बिनी र प्रदेश २ को प्रमुख फेर्ने क्रममा पहिलेका प्रमुख अमिक शेरचनको नाम पनि चर्चामा आए पनि एकै प्रदेशमा दुई पटक नमिल्ने भएकाले गुरुङलाई गण्डकीको प्रमुख बनाइन लागेको हो ।

कास्कीको घलेलका पृथ्वीमान सहिद हरिप्रसादका भान्जा हुन् । उनी कांग्रेस चितवनका पूर्व सभापति पनि हुन् । उनी हाल चितवन बस्दै आएका छन् । अब राष्ट्रपतिबाट प्रदेश प्रमुखले नियुक्ति पाउनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्