असोज १ बाट नयाँ सहरी आयोजना कार्यालयबाट पनि सेवा दिने भानुको निर्णय

  • ख-
  • ख+


भन्सारः भानु नगरपालिकाले असोज १ गतेबाट डुम्रे भन्सार नयाँ सहरी आयोजनाको कार्यालयबाट पनि सेवा दिने निर्णय गरेको छ ।

केन्द्र सार्न नदिने भन्दै आन्दोलनरत पक्षको अवरोधका बाबजुद बसेको नगर कार्यपालिकाको बैठकले भन्सारमा रहेको साना सहरी आयोजनाको कार्यालयबाट पनि सेवा दिने निर्णय गरेको नगरपालिकाका एक अधिकारीले जानकारी दिए ।

यस निर्णयले भन्सारबाट पनि सेवा दिइए पनि फुस्रेटारको केन्द्र भने तत्काल नसर्ने ती अधिकारीले दाबी गरे । ‘आवश्यकता परेका केही शाखा यता उता हुन सक्छन्,’ उनले भने,‘सबै केन्द्र भने सर्दैन ।’


यस अघि केन्द्र सारिन लागेको भन्दै भानुको पूर्वी भेगका नागरिकले विरोध कार्यक्रम गरे पनि यसकै बीचमा नगर कार्यपालिका बैठकले आयोजना कार्यालयबाट पनि सेवा दिने गरी निर्णय गरेको हो ।

यस निर्णयले भन्सारबाट पनि सेवा दिइए पनि फुस्रेटारको केन्द्र भने तत्काल नसर्ने ती अधिकारीले दाबी गरे । ‘आवश्यकता परेका केही शाखा यता उता हुन सक्छन्,’ उनले भने,‘सबै केन्द्र भने सर्दैन ।’


भानु २ का अध्यक्षबाट विरोध

केन्द्र सार्न नदिने भन्दै आन्दोलन थालेका समूहले जनप्रतिनिधिलाई बैठकमा सहभागी हुन अवरोध गरे पनि केही प्रतिनिधि प्रहरी स्कर्टिङमा बैठकस्थल पुगेका थिए । बैठकमा सहभागी भानु २ का वडाध्यक्ष अर्जुन खड्काले भने निर्णयको विरोध गरेका थिए ।


त्यसपछि फुस्रेटारमा रहेका आन्दोलनकारी र जनप्रतिनिधिबीच विवाद भएको वार्ता समितिका संयोजक सहदेव अधिकारीले बताए । ‘घुमाउरो पारामा निर्णय भएको सुनेपछि विरोध गरेका हौं,’ उनले भने ।


के निर्णय भयो थाहा छैनः उप प्रमुख
कार्यपालिका बैठकले गरेको भनिएको निर्णयका बारेमा आफूलाई केही थाहा नभएको उप प्रमुख आशा थापाले बताइन् । ‘अवरोध भएकाले म बैठकमा गइन,’ उनले भनिन्,‘बैठकमा के भयो मलाई केही थाहा भएन ।’
यसबारेमा थप बुझ्नका लागि भानु नगरपालिकाका प्रमुखसहित केही जनप्रतिनिधिसँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी