हट्दै हिलो मैलो, खुल्दै छाब्दी बाराही मन्दिर (तस्बिरहरु)

  • ख-
  • ख+

दमौलीः असार पहिलो साताबाट शुरु बाढी र पहिरोको विध्वंशले सायदै नछोएको ठाउँ भेटिएला तनहुँमा । तर यस क्षेत्र नभएर देशकै आराध्य देवीको रुपमा रहेकी छाब्दी बाराही माताको मन्दिरमा यसपालीको वर्षा र बाढीले निकै क्षति पु¥यायो ।


रजबामसम्म बगाएको यस वर्षको बाढीका कारण धेरै संरचना क्षति पुगेको छ भने माटोको थुप्रो जताततै जम्मा भएको छ । मन्दिर फोहोर र बिरुप भए पछि वषौंदेखि सरसफाई र संरक्षणमा योगदान दिंदै आएका कुलुङवासीले सफाई थालेका छन् ।

‘छाब्दीको संरक्षण कुलुङले गर्ने वर्षौंको परम्परा हो,’ व्यास १४ का वडाध्यक्ष एवं कुलुङका स्थानीय काजीमान श्रेष्ठले दमौली न्युजसँग भने,‘साउनभर यो चल्नेछ ।’

‘छाब्दीको संरक्षण कुलुङले गर्ने वर्षौंको परम्परा हो,’ व्यास १४ का वडाध्यक्ष एवं कुलुङका स्थानीय काजीमान श्रेष्ठले दमौली न्युजसँग भने,‘साउनभर यो चल्नेछ ।’

एक सातादेखि नियमित रुपमा मन्दिरको सरसफाई थालिएको उनले बताए ।
कुलुङका मगर समुदाय यस मन्दिरको पुजारी तथा विभिन्न भूमिकामा पनि मगर समुदायको सहभागीता छ ।


हरेक महिनाको पहिलो बुधबार मन्दिरमा अक्षता भेटी चढाउँदै आएका कुलुङवासीले अरु बेला पनि मन्दिरको सफाई गरे पनि यसपाली बढी फोहोर र क्षति पुगेकाले लामो समय सफाई गरेको वडाध्यक्ष श्रेष्ठले बताए ।

मन्दिरमा ४ फिट जतिसम्म माटो जम्मा भएको पाइएको छ । सबै फोहोर हटाएर लक डाउन खुलेमा भाद्रबाट नियमित पूजा गराउने तयारी गरिएको छ ।

तस्बिरहरुः दिपक सारु

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्