हट्यो ऋषिङको अवरोध, दुई सातामा बस चलाइने (भिडिओ)

  • ख-
  • ख+

ऋषिङ: एक महिनायता अवरुद्ध तनहुँको ऋषिङ गाउँपालिकाको केन्द्र जाने श्रृंग पथको सडक खण्डको अवरोध हटाउन थालिएको छ ।

गाउँपालिकाको पहलमा प्रदेश सरकारमार्फत बाटोको अवरोध हटाउन थालिएको हो । अरु पहिरो हटाइए पनि अजम्बरीमा खसेको ठूलो पहिरो हटाउन नसकिंदा डेढ महिनादेखि गाउँपालिकामा पूर्ण रुपमा यातायात सञ्चालनमा आउन सकेको छैन । अब केही दिनमै यातायात सञ्चालनम आउने गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।


सडक खुलाउनका लागि पूर्वाधार कार्यालय तनहुँले उपभोक्ता समितिमार्फत काम गरिरहेको छ । उपभोक्ता समितिका अध्यक्ष चिजकुमार श्रेष्ठले दुई साता पछि सामान्य यातायात चल्न मिल्ने गराइने तर मोटरसाईकलहरु भने तत्काल जान मिल्ने गराइने बताए ।

पहिरोका कारण अहिले काहुँशिवपुरको लामो र कठिन बाटो हुँदै खाद्यान्न आपूर्ति भैरहेको छ । जसले गर्दा बजारमा महँगी बढेको र निकै असहज भएको स्थानीयको भनाई छ । सडकमा ग्याबिनसहितको संरचनाका लागि प्रदेश सरकारले बजेट दिए पछि स्थानीय आशावादी बनेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी