म्याग्दे गाउँपालिकालाई आयुर्वेद औषधी व्यवसायीको सहयोग

  • ख-
  • ख+

म्याग्दे : कोरोना महामारी रोकथाम नियन्त्रण तथा व्यवस्थापनका लागि म्याग्दे गाउँपालिकालाइ नेपाल आयुर्वेद औषधी व्यवसायी संघ गण्डकी प्रदेशले औषधी सहयोग गरेको छ ।

कोरोनाको दोस्रो लहरले महामारीको रूप लिएसँगै संक्रमितहरूको मनोवल उच्च राख्न र रोग प्रतिरोधी क्षमता बढाउन सहयोग होस भनेर सहयोग गरेको आयुर्वेद संघ तनहुँका अध्यक्ष भानु चापागाईंले बताए ।

चापागाईंका अनुसार आयुक्वाथ नामक औषधी ९० बट्टा गाउँपालिकाका अध्यक्ष मायादेवी रानालाइ हस्तान्तरण गरिएको हो । गाउँपालिकालाई औषधी उपलब्ध गराएकोमा अध्यक्ष रानाले संघलाई धन्यवाद दिइन् ।

सो अवसरमा गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धिसागर खनाल, योजना शाखा प्रमुख श्रीराम खनाल, उद्योग शाखा प्रमुख प्रदिप न्यौपाने, स्वास्थ्य शाखाका श्यामकृष्ण जोशी र आयुर्वेद व्यवसायी संघ तनहुँका उपाध्यक्ष अनिल त्रिपाठी सहितको सहभागीता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी