गण्डकीका मुख्यमन्त्रीको मन्त्रीलाई निर्देशन,‘पारदर्शिता देखाउनुस्’

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पारदर्शिता, सुशासन र उत्तरदायित्वको भावनालाई मूर्तरुप दिन खर्च प्रणालीमा मितव्ययिता र पारदर्शिता अपनाउन मन्त्री, प्रमुख सचिव र सचिवहरुलाई निर्देशन दिएका छन् ।

आइतबार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको कार्यक्रममा उनले बेरूजु र उजुरी फर्छ्यौटमा पूर्ण तदारुकता देखाउन निर्देश गरेका हुन् ।

प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र अन्तरगतका वार्षिक कार्यक्रमहरूलाई निर्धारित अवधिभित्र सम्पन्न गर्न आफ्नो क्षमता र सामथ्र्यको पूर्ण उपयोग गर्न उनले आग्रह गरे । उनले भने, ‘यहाँहरुको कुशल नेतृत्वले उपलब्ध सीमित स्रोत साधनको अधिकतम परिचालनमा ध्यान दिनै नै छ ।’

मन्त्रालयको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै आफू मातहतका निकाय÷समिति÷संरचनाहरूको प्रभावकारितामा बृद्धि ल्याउन पनि उनले आग्रह गरे । चालु खर्चलाई मितव्ययी बनाउने र पूँजीगत खर्चको परिचालनमा प्रभावकारिता वृद्धि हुनेमा उनले विश्वास गरेका छन् ।

आर्थिक वर्षको अन्त्यमा पूँजीगत खर्च गर्ने अवस्थालाई यसै आर्थिक वर्षदेखि यहाँहरुको कुशल नेतृत्वले अन्त्य गर्ने उनले बताएका छन् । उनले बजेट खर्च प्रभावकारी गर्दै कार्यान्वयन पनि राम्रो हुने अपेक्षा गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी