बाढी पहिरो प्रभावितलाई कृष्ण कँडेलको ३ लाख राहत

  • ख-
  • ख+

म्याग्दे: लोक गायनका क्षेत्रमा सक्रिय कार्यक्रम सञ्चालन गर्ने कृष्ण कँडेलको इन्द्रेणी टिमले म्याग्देको कुर्लेचौरका बाढी पहिरो प्रभावितलाई तीन लाखको सहयोग गरेको बताएको छ ।
आइतबार इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल सहितको टिमले म्याग्दे ६ मा पर्ने त्यस ठाउँमा राहत वितरण गरेको हो ।

केही दिन अगाडि आएको बाढी पहिरो तथा कोभिड १९ बाट प्रभावित भएको कुर्लेचौरका ७५ दलित घर परिवारलाई राहत वितरण गरिएको सञ्चालक कँडेलले बताए ।

गाउँका ७५ घरपरिवारका मानिसलाई जम्मा १ लाख ४० हजार ९ सय ४० रूपया सहयोग गरेको स्थानीय रामभक्त घिमिरेले बताए । केही दिन अगाडि प्रत्येक घरमा चामल, नुन, तेल वितरण गरिएको थियो । त्यसको अनुगमन तथा रकम भुक्तानीका लागि इन्द्रेणी टिम आएको बताइएको छ ।

कार्यक्रममा सञ्चालक कँडेलले गरिब, असहाय, अपांगता भएकालाई पनि सहयोग गरेका छन् । जसमध्ये प्याउलि विकको अपांग छोरा पुर्ण विक लाई २० हजार, दुवै किड्नी फेल भएकी रूपा सुनारलाई २० हजार, मृगौला पीडित नेत्रबहादुर थापालाई १५ हजार, मृगौला पीडित बलिसरा थापालाई १५ हजार, क्यान्सर पीडित तिजामाया थापालाई १० हजार , प्यारालाइसिस बिरामी हस्तबहादुर बिक लाई १० हजार , मानसिक रोगि सोमबहादुर विकलाई १० हजार तथा सीता विक लाई ५ हजार रूपैयाँ सहयोग गरेको स्थानीय राम घिमिरेले बताए ।


खाद्यान्न र बिरामीको उपचार सहयोग खर्च गरि टिमले करिब ३ लाख सहयोग गरेको कलाकार युवराज चौलागाइले बताए । सहयोग कार्यक्रम अगाडि इन्द्रेणी टिम किलचोकमा रहेको अकला मन्दिर पुगेको टिमलाई सहजीकरण गरेका मिनबहादुर चँदारले बताए ।
मिनबहादुर चंँदारका अनुसार टिमलाई खाना व्यवस्था स्थानीय मिलन चँदारो, सुमन सुनार , चेतबहादुर चदारो , खमबहादुर गन्धर्ब , अमृत गन्धर्व , रामभक्त घिमिरे सहित म्याग्दे गाउँपालिका दलित संघको टिमले गरेको थियो ।

सहयोग कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना , उपाध्यक्ष बालकृष्ण घिमिरे , इन्द्रेणी टिमका युवराज चौलागाइ , कृष्ण बाइवा , धर्म गन्धर्व लगायतको उपस्थिति रहेको थियो । सोहि अवसरमा गाउँपालिका अध्यक्ष मायादेवी राना तथा उपाध्यक्ष बालकृष्ण घिमिरेले म्याग्देमा आइ सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी