लायन्स म्याग्देको चार्टर नाइट

  • ख-
  • ख+

म्याग्दे: लायन्स क्लब अफ तनहुँ म्याग्दे को दोस्रो चाटर नाइट सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी डिस्ट्रीक चिफ एडभाइजर धुब्र श्रेष्ठले क्लबले छोटो समयमा नै फरक सामाजिक क्रियाकलापका कारण फरक पहिचान बनाएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि मोती तिमिल्सिना, मदुसुदन कोइराला, क्लस्टर चिफ सन्तोष घिमिरे, जोन चियर पर्सन दोय कुमार मल्ल, बर्दान क्षेत्री छिमेकी क्लब लायन्स क्लब अफ खैरेनीटार का अध्यक्ष तिमिल्सिना लायन्स क्लब अफ ब्यास सिटि का अध्यक्ष प्रदिप मल्ल लगायत को उपस्थिती थियो ।


संस्थापक अध्यक्ष भीमलाल श्रेष्ठले म्याग्दे क्षेत्रमा छोटो समयमा नै धेरै क्षेत्रमा गरिएको कार्यले क्लब अग्रणी बनेको बताए ।
अध्यक्ष सुरेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष सुन्दरमणि अधिकारी, पितम्बर तिमिल्सिना, द्वितीय उपाध्यक्ष गौरबराज राना लगायतले क्लबका बारे बोलेका थिए ।

कार्यक्रममा सस्थापक अध्यक्ष भीमलाल श्रेष्ठले आफ्नो कार्यकालमा क्लबलाई यहाँ सम्म ल्याइपुर्याउन तथा आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेको भन्दै क्लबका रिपोर्टिङ अफिसर नुक्त्त भुजेललाई सम्मान गरे ।

यसैगरी, चाटर नाइट कार्यक्रमका संयोजक चित्रबहादुर शाहीलाई पनि क्लबले सम्मान गरेको थियो । सो अवसरमा १० जना नयाँ सदस्य पनि थप भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी