संविधान सभासद रामचन्द्र पोखरेल भन्छन्,‘सम्पूर्ण परिवारको तर्फबाट माफी माग्छु’

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका नेता एवं संविधान सभासद रामचन्द्र पोखरेलले तनहुँका गण्डकी प्रदेश सभा सदस्य डोवाटे विक मन्त्री बन्न नसक्नुमा नैतिक जिम्मेवारी लिंदै परिवारका तर्फबाट माफी मागेका छन् ।


सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले भनेका छन्,‘माननीय डोवाटे विश्वकर्मा गण्डकी सरकारमा मन्त्रि बन्ने हैसियत, खुबी र छवि सबै हुँदा हुँदै हामी हरुको हातबाट बन्चित हुनु परेकोमा म स्वयं लज्जित छु, दुखित् छु र यस निर्णय प्रति सम्पूर्ण परिवारको तर्फबाट पनि क्षमा माग्दछु ।’

लामो स्ट्याटसमा पोखरेलले यसका पछाडि धेरै कारण रहेको भन्दै तर त्यसको नैतिक जिम्मेवार आफूहरु नै भएको बताए ।

‘जीवनकै कठिन क्षण’
गण्डकी सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संविधान सभासद पोखरेलका भाई हुन् । र, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले ‘पोखरेल परिवारले आफ्ना लागि मात्र न्याय खोजेको तर अरुलाई दिनु पर्दैन भन्दै सामाजिक सञ्जालमा मन्त्रीपरिषद विस्तार अघि प्रश्न गरेका थिए ।’

‘सच्याउने प्रयास गर्नेछौं’
सम्भवतः त्यसको जवाफ दिएका पोखरेलले समयले समेत आफूहरुको परीक्षा लिएको महसुस भैरहेको भन्दै यो आफ्नो राजनीतिक जीवनको सबैभन्दा पीडादायी क्षण भनेका छन् ।
आफ्नो नैतिक धरातल नै कम्पन भएको महसुस भएको भन्दै उनले यस विषयलाई लिएर चिन्ता, चासो ब्यक्त गर्ने सबैप्रति आभार व्यक्त गर्दै त्यसलाई मार्ग दर्शन ठानी सच्याउने प्रयास गर्ने प्रतिवद्धता पोखरेलले जनाएका छन् ।

पहिले पक्का भएको भनेर मिडियामा नामसमेत आएका बेला विकको ठाउँमा कास्कीका सभासद बिन्दुकुमार थापा मन्त्री बनेपछि तनहुँमा आलोचना भएको छ ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी