तनहुँका बाढी पहिरो प्रभावितलाई चौधरी फाउण्डेसनको सहयोग

  • ख-
  • ख+

दमौली: तनहुँका बाढी पहिरो प्रभावितलाई चौधरी फाउण्डेसनले त्रिपाल र चाउचाउ वितरण गरेको छ ।

फाउण्डेसनका तर्फबाट प्रधान ब्रदर्श दमौलीले व्यास नगरपालिका र जिल्ला समन्वय समितिमार्फत ती सामग्री बाढी पहिरो प्रभावितलाई हस्तान्तरण गरेको हो ।

प्रधान ब्रदर्सका सञ्चालक लालप्रसाद प्रधानले एक सय २० कार्टुन वाईवाई चाउचाउ तथा एक सय २० थान त्रिपाल प्रदान गरिएको जानकारी दिए । ती सामग्री व्यास नगरपालिका र जिल्ला समन्वय समितिको निर्देशनअनुसार प्रभावित ठाउँमा वितरण गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी