म्याग्देद्वारा ६४ लाई सम्मान, उत्कृष्ट कर्मचारीमा खनाल

  • ख-
  • ख+

म्याग्दे : म्याग्दे गाउँपालिकाले आफ्नो विकासमा योगदान पु¥याएको भन्दै ६४ जनालाई सम्मान गरेको छ ।

गाउँ सभापछि आयोजित बजेट सार्वजनिकीकरण कार्यक्रममा उनीहरूलाइ सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

गाउँपालिकाले कार्यलयको प्रशासन सेवा तर्फ छैटौं स्तरका अधिकृत एवं योजना शाखाका प्रमुख श्रीराम खनाललाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरेको छ । ईमानदारीपुर्वक आफ्नो काममा निरन्तर खटिएको परिणाम अहिले गाउँपालिकाले मुल्यांकन गरि सम्मान गरेको भन्दै खनालले खुशी व्यक्त गरे ।

यस्तै प्राविधिक तर्फ ईन्जिनियर रोमन पण्डितलाई उत्कृष्ट कर्मचारीको सम्मान गरिएको छ । गाउँपालिकाको सम्मानले आफुलाइ थप इमानदारीपूर्वक काम गर्न हौसला मिलेको सम्मानित पण्डितले बताए । गाउँपालिकाले कोभिड १९ मा खटेबापत स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे , दिनेश पण्डित लगायत ७ वटै वडाका स्वास्थ्य चौकिका कर्मचारीलाई पनि सम्मान गरेको म्याग्दे गाउँ पालिकाका अध्यक्ष मायादेवी रानाले बताइन् ।

यस्तै वडाका सचिव मध्येबाट वडा नँ १ का सचिव केशव पौडेल र वडा नम्बर ३ का सचिव मोहन सिँह खड्का , वडाको प्राविधिक तर्फ वडा नं ६ का प्राविधिक संकर गैह्रे र वडा नँ ७ का प्राविधिक गंगानाथ मिश्र , गापाको पञ्जिकरण शाखाका एककुमार श्रेष्ठ, कार्यलय सहयोगी तर्फ वडा नँ १ का लक्ष्मी खनाल र वडा नँ ५ का करूणा राना , गाउँपालिकाका कार्यलय सहयोगी महेन्द्र श्रेष्ठ , वडा नँ ६ को कार्यलय सहायक हरिकला नेपाली , सवारी चालक मध्येबाट बिर्खमान थापा सम्मानित भएका छन् ।

सम्मानित कर्मचारीहरू लाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले , अध्यक्ष मायादेवी राना , उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकिय अधिकृतनारायण प्रसाद अधिकारीले टीका दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
सोही अवसरमा गाउँपालिका भित्रका उत्कृष्ट आमा समूह, बिद्यालय , युवा क्लव , उद्योग बाणिज्य संघ , सुरक्षा अंग , अपांग , कला , साहित्य , कलाकार , टोल बिकास , उपभोक्ता समिति , सहकारी लगायतका गरि ६४ वटा बिधामा विभिन्न ब्यक्तिहरू लाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी