म्याग्दे गाउँपालिकाकाे ६६ करोड ३७ लाख बजेट पारित , विभिन्न बिधाका ६४ जना पुरस्कृत

  • ख-
  • ख+


म्याग्दे : म्याग्दे गाउँपालिकाकाे ६६ करोड ३७ लाख ९० हजार ७ सय ७५ रूपयाकाे बजेट पारित भएको छ । सुक्रवार म्याग्दे गाउँपालिकाकाे आ . व . ०७८ / ०७९ काे बजेट सार्वजनिकीकरण सहित आ . व . ०७७ / ०७८ काे वार्षिक समिक्षा र ४ बर्षकाे असल अभ्यास कार्यप्रगति सार्वजनिकीकरण एवम् सम्मान कार्यक्रममा उक्त बजेट पारित भएको हाे । जसअनुसार संघीय सरकार अन्तर्गत वितिय समानिकरण अनुदान शिर्षकमा १० करोड १६ लाख , शशर्त अनुदान रकममा १४ करोड ९० लाख , शशर्त अनुदान पुंजिगतमा ८६ लाख , राजश्व वाडफाड रकम ७ करोड १ लाख ४१ हजार , बिशेश अनुदान रकम २ करोड २४ लाख , समपुरक अनुदान रकम ४ करोड १४ लाख रहेको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । यस्तै प्रदेश सरकार वितिय समानिकरण रकम १ करोड १४ लाख ५४ हजार , राजश्व वाडफाड रकम ४५ लाख ७ हजार ,शशर्त अनुदान रकम ५० लाख , समपुरक अनुदान ५० लाख रहेको प्रमुख प्रसासकिय अधिकृत अधिकारीले बताए । गापाकाे अान्तरिक श्राेतबाट अान्तरिक अाय ६ करोड ५ लाख ४३ हजार , अल्या जिम्मेवारी सर्ने ६ करोड २१ लाख ८६ हजार ७ सय ७५ , सामाजिक सुरक्षा अनुमान ७ करोड ४१ लाख २९ हजार , लागत साझेदारीमा नागरिक बाट जम्मा हुने १ करोड ५० लाख , जिल्ला समन्वय समिति बाट प्राप्त हुने ३३ लाख , गैसस बाट परिचालन हुने रकम १० लाख , पछि अख्तियारि थप हुने २० लाख , सडक बाेडकाे अाय २९ लाख , प्रशासकिय भवन निर्माण ५० लाख , बहुक्षेत्रिय पाेषण कार्यक्रम ६ लाख ३० हजार , थर्पु अस्पताल १ करोड , शुक्लाबाट अाउने रकम ५० लाख गरि ६६ करोड ३७ लाख ९० हजार ७ सय ७५ कुल अनुमानित बजेट पारित भएको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए । गाउँपालिकाकाे कुल बिनियाेजन तर्फ चालू रू ३५ करोड ९० लाख ९७ हजार ८ सय १६ र पुँजीगत तर्फ रू ३० करोड ४६ लाख ९२ हजार ९ सय ५९ रूपया रहेको छ । गाउँपालिकाकाे बिषयगत क्षेत्र तर्फ सय प्रतिशत काम भएको छ गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताइन् । कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि वाग्लेले स्थानीय तहले जनतालाई सजिलो हुने गरेर काम गर्नुपर्ने बताए । म्याग्दे गाउँपालिका अान्तरिक स्वमुल्याकंनमा प्रथम हुनुले पनि यहाँको काम उत्कृष्ट रहेको पुष्टि हुने उनलेे बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले श्राेत साधन , भवन केही पनि नहुँदा अाँफुहरू जनप्रतिनिधि भएर आएकाे र अहिलेसम्म विभिन्न भवन देखि बिकास निर्माणका काम समेत उल्लेख्य रूपमा गरेको बताएका थिए । उक्त अवसरमा वडा अध्यक्षहरू बसन थापा , शिवसरण वाग्ले , पद्मराज वाग्ले , प्रेमबहादुर थापा ,शिव आले , श्रीबहादुर थापा , चन्द्रबहादुर रानाभाट लगायतले आ- आफ्नाे वडा र गाउँपालिकाकाे गतिविधि का बारेमा बाेलेका थिए ।
कार्यक्रममा नेकपा एमालेका भिमबहादुर विक नेपाली काङ्ग्रेसका रामबहादुर अधिकारी लगायतले बाेलेका थिऐ । उक्त अवसरमा विभिन्न बिधाका ६४ जना लाई पुरस्कार बितरण गरिएको उत्कृष्ट कर्मचारीमा पुरस्कृत याेजना शाखा प्रमुख श्रीराम खनालले बताए । यस्तै प्राविधिक तर्फ राेमन पण्डितले उत्कृष्ट कर्मचारी पुरस्कार पाएका छन् । उत्कृष्ट क्लवमा शिवसक्ति युवा क्लवले पुरस्कार पाएकाे छ ।
गाउँपालिकाका अध्यक्ष मायादेवी रानाकाे अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले स्वागत र याेजना शाखा प्रमुख श्रीराम खनालले सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्