१० किलो गाँजासहित दुई युवा पक्राउ

  • ख-
  • ख+

आँबुखैरेनी: तनहुँ प्रहरीले १० किलो दुई सय २० ग्राम गाँजासहित दुई युवा पक्रेको छ ।

आँबुखैरेनी गाउँपालिका–४ मुग्लिङ पुलजिपस्थित पृथ्वी राजमार्ग चेक जाँचका क्रममा आँबुखैरेनीतर्फ जाँदै गरेका दुई युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला कास्की रुपा गाउँपालिका–०७ घर भइ हाल मुग्लिङ बजार बस्ने वर्ष २५को मिलन परियार र पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने वर्ष २८को सुमन परियार रहेका छन् ।

ना १६ प ८२६८ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा पक्राउ परेका दुवैजना उपर थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिनिधि तस्बिर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी