कांग्रेसबाट तीन मन्त्री तय, डोवाटे किन मन्त्री बनेनन् ?

  • ख-
  • ख+

दमौलीः अन्तिम समयमा आएर कांग्रेसका तर्फबाट तनहुँका प्रदेश सभा सदस्य डोवाटे विकको ठाउँमा कास्कीका सभासद बिन्दुक्ुमार थापाको नाम तय गर्दै गण्डकी प्रदेशमा मन्त्रीपरिषद विस्तार भएको छ ।
यस अघि नै डोवाटेसहित स्याङजाका मेषलाल श्रेष्ठ र बाग्लुङका मणिभद्र शर्माको नाम तय भएको थियो ।


तर पार्टी सभापति शेरबहादुर देउवानिकट बिन्दुकुमार थापाले अन्तिम समयमा बाजी मार्दै आफ्नो ठाउँ सुरक्षित गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले विकलाई मन्त्री बनाउन एकसुत्रीय माग राखेका आधारमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नाम तय गरेका थिए ।


तर सपथग्रहण अघि मात्र नाम सार्वजनिक गर्ने तय भए पनि सभापति देउवाको निर्देशन र प्रत्यक्ष निर्वाचित सांसदलाई मन्त्री बनाउनुपर्ने भन्दै कास्कीबाट चर्को दबाब परे पछि मुख्यमन्त्री यस अघिको निर्णयबाट पछि हटेकोा बुझिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी