तनहुँका डोवाटेसहित कांग्रेसका तीन मन्त्रीको अन्तिम कसरतमा

  • ख-
  • ख+

दमौलीः आज दिउँसो २ बजे सपथ ग्रहण भए पनि कांग्रेसले आफ्ना मन्त्रीको नाम सार्वजनिक गर्न सकेको छैन ।

तीव्र दबाब र प्रभावका कारण यस अघि आन्तरिक रुपमा तय भएका स्याङ्जाका मेखलाल श्रेष्ठ, बागलुङका मणिभद्र शर्मा र तनहुँका दोबाटे विश्वकर्मा मन्त्री बन्ने चर्चा नाम तय भए पनि नाम भने सार्वजनिक भैसकेको छैन ।

स्याङजाका भागवतप्रकाश मल्ल र कास्कीका बिन्दु थापाले अन्तिम समयसम्म प्रयास जारी राखेकाले नाम सार्वजनिक भैसकेको छैन ।

उता, माओवादीले भने दलका उपनेता रामजी बरालको नेतृत्वमा सरकारमा सहभागी भएको माओवादीले बराललाई अर्थमन्त्री बनाएको छ । स्याङ्जाका दीपक चर्ती वन मन्त्री र बागलुङका चन्द्रबहादुर बुढा कृषि मन्त्री बनेका छन् ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी