ऋषिङको ५३ करोड ३३ लाख बजेट पारित, ‘ऋषिङको विकासमा प्रगति’

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाको बजेट पारित भएको छ । आर्थिक वर्ष २०७८÷०७९ का लागि गाउँपालिकाद्वारा प्रस्तुत बजेट सर्वसम्मतिले पारित भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।


गाउँपालिकाले वित्तिय समानीकरण अनुदानबाट एक करोड १९ लाख, सवारी करबाट ६१ लाख ७० हजार तथा आन्तरिक आयका रुपमा दुई करोड चार लाख अनुमान गरेको छ ।
यसैगरी, सशर्त अनुदान २१ करोड ८७ लाख, प्रदेश सरकारको एक करोड आम्दानी हुने अपेक्षा गाउँपालिकाको छ ।


कार्यक्रमको उद्घाटन गर्दै संविधान सभा सदस्य झुलबहादुर आलेले गाउँपालिकाले विकासका दृष्टिले प्रगति गरेको बताए ।


गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँमा विकास बढेको र गाउँमै बसौं बसौं बनाउन आफू केन्द्रीत भएको बताए । उनले बाढी पहिरोका कारण भएको क्षति राहत न्यूनीकरणका लागि गाउँपालिका प्रतिवद्ध रहेको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्