व्यास कार्यपालिका निर्णयः नगर कोभिड अस्पताल दुम्सीमा, बर्लांचीमा स्वास्थ्य एकाई

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले व्यास १० दुम्सीस्थित आधारभूत स्वास्थ्य केन्द्रलाई कोभिड अस्पतालका रुपमा विकास गर्ने भएको छ । त्यहाँ २५ बेड राख्ने निर्णय नगरपालिकाले गरेको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न वैठकले यसका लागि वडा अध्यक्ष तुलसिराम सापकोटाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गर्ने निर्णय पनि गरेको छ । बैठकले सोही ठाउँमा पीसीआर ल्याब समेतलाई आवश्यक जनशक्ति करार सेवामा लिन भन्दै प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलको संयोजकत्वमा छनोट समिति गठन गर्ने निर्णय पनि गरेको छ ।


व्यास ७ मा समता विद्यालय

बैठकले विक स्थानीय निकायका कर्मचारीहरुको समायोजन तथा स्तरबृद्धि गरिएकोमा अनुमोदन गर्ने निर्णय पनि गरेको छ । यसैगरी, बैठकले व्यास नगरपालिका वडा नं ७ शेषमटारमा व्यास नगर समता विद्यालय सञ्चालन गर्न सम्बन्धित वडा अध्यक्ष शतिषचन्द्र न्यौपानेको अध्यक्षतामा ५ सदस्यीय व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।


बैठकले व्यास नगरपालिका भित्र बाढीले पुर्याएको क्षतिलाई पुनर्स्थापना गर्न नगरपालिका आफैले जाली बुन्ने कार्यमा पुर्वाधार तथा योजना शाखालाई जिम्मा दिने र नगरमा नगर प्रमुखको अध्यक्षतामा र वडामा वडा अध्यक्षको अध्यक्षतामा विपद् व्यवस्थापन समिति संशोधित ऐन अनुसार पुनर्गठन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।


कर्मचारी समायोजन एवं स्तरबृद्दी पछि नगरपालिका संगठन संरचनामा संशोधन गर्नुपर्ने भई विशेष नगर सभा बस्नु पर्ने भन्दै सबै पक्षसंग परामर्श गरी संशोधन प्रस्ताव १५ दिन भित्र पेश गर्न उप–प्रमुख मीरा जोशीको संयोजकत्वमा प्रस्ताव समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले नगरपालिकामा व्यवसाय कर विविध कारणले उठ्न ढिलाई भएको भन्दै छुट सम्बन्धमा प्रस्ताव पेश गर्न राजश्व परामर्श समितिलाई जिम्मा दिने निर्णय पनि गरेको छ ।

बैठकले व्यास नगरपालिका वडा नं ८ बर्लांचीमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्