गण्डकी मन्त्रिपरिषद विस्तारः आशा र डोवाटेको सम्भावना कति ?

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश मन्त्रीपरिषद विस्तार गर्दैछन् । बजेट पारित भए पछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका मुख्यमन्त्रीले आज कांग्रेस तथा माओवादीबाट मन्त्री थप गर्दैछन् ।


प्रदेश मन्त्रिपरिषद विस्तारको चर्चा चलिरहँदा कांग्रेसका डोवाटे विक र माओवादी केन्द्रका आशा कोईरालाको चर्चा चुलिएको थियो ।

डोवाटेको सम्भावना कति ?
गैरसंस्थापन पक्ष निकट मुख्यमन्त्रीले आफ्नो खेमा तथा संस्थापन पक्ष समेतको सन्तुलन मिलाएर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । यसमा गैरसंस्थापन पक्षकै वरिष्ठ नेता रामचन्द्र पौडेलको एकसुत्रीय माग डोवाटे विकलाई मन्त्री बनाउने छ । प्रत्यक्ष भेटेर तथा फोनबाट समेत यो कुरा पौडेलले दोहो¥याइरहेका छन् ।


मन्त्रिपरिषद विस्तारपूर्व पोखरा गएका डोवाटे पौडेलको साथ र समर्थन अनि आफ्नो निरन्तरको योगदानका आधारमा आशावादी पनि छन् । तर अन्ति समयमा पनि मुख्यमन्त्रीको कार्यालयबाट सिधै ग्रीन सिग्नल नपाएकाले उनी दोधारका साथ अन्तिम बल लगाउँदैछन् ।

आशाको अवस्था
संघीय र मन्त्री भैसकेकी कोईरालाको यसपाली प्रदेशको मन्त्री हुनेमा नाम चर्चामा छ । भनेजस्तो मन्त्रालय नपाएकाले सरकारमा जाने सम्भावना न्यून रहेका नेता हरिबहादुर चुमान नगए पछि उनको नाम चले पनि कास्कीका नेता रामजी बराल, स्याङजाका दीपक थापा र बाग्लुङका चन्द्रबहादुर बुढाका कारण उनी मन्त्री हुनु फलामको च्युरा चपाउनुसरह छ ।

अन्तिम घडीमा संरचनामा आकाशपाताल भए मात्र उनी मन्त्री हुने निकट श्रोत बताउँछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी