
मुग्लिन ःनारायणगढ–मुग्लिन सडकमा यातायात अवरोध हटेको छ ।
इच्छाकामना ६ चारकिलोमा सोमबार राती पहिरो गएपछि देखिएको अवरोध हटेर यातायात नियमित बनेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । ‘चारकिलोको पहिरो दुईतर्फी खुलेको छ,’ ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक कञ्चन तामाङले भने,‘जलबिरे र सिमलतालमा एकतर्फी यातायात चलिरहेको छ ।’

नारायणगढ–मुग्लिन सडक अन्तर्गत ठाउँ ठाउँमा पहिरो खसेको थियो । पाँच किलो, जलविरेलगायतका ठाउँमा पहिरो हटे पनि चारकिलोको ठूलो पहिरो हटाउन समय लागेको हो ।
वर्षायाममा खसिरहने पहिरो सोमबार राती भारी वर्षा भए पछि झनै ठूलो भएको थियो । पहिरो हटाइए पनि सडकका दुवैतर्फ सवारीको लार्ईन लागेकाले यातायात सहज हुन भने समय लाग्ने बताइन्छ ।