‘ट्रि हाउस’ पार्कलाई हरियाली बनाउन लायन्स तनहुँको सक्रियता

  • ख-
  • ख+

दमौलीः ‘ट्रि हाउस’का कारण चर्चित म्याग्दे २ को ज्यान्ट्याङपँधेरा सामुदायिक वनको हरित पार्कमा लायन्स क्लब अफ तनहुँले वृक्षारोपण गरेको छ । चर्चित बन्दै गैरहेको पार्कमा विभिन्न किसिमका ४० वटा फलफूलका बिरुवा आज रोपण गरिएको हो ।

बीपी स्मृति दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा म्याग्दे गाउँपालिका अध्यक्ष माया रानाले कार्यक्रमको प्रशंसा गर्दै उजाड डाँडालाई हरियो बनाउन क्लबले खेलेको भूमिकाको सराहना गरे ।

लायन्स डिष्ट्रिक्ट ३२५ बी १ का गर्भनर अशोककुमार श्रेष्ठले सामाजिक भावनाले उत्प्रेरित भएर लायन्स क्लबले वनलाई लायन्स संरक्षित हरियो वन बनाउन स्वामित्व लिएको भन्दै त्यसलाई निरन्तरता दिएको बताए ।

क्लबका अध्यक्ष कृष्णहरि गैह्रेको सभापतित्वमा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष प्रतापसिं गुरुङ, सब डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाट, कार्यक्रमका संयोजक कृष्णमुरारी मिश्र, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शंकरलाल राजभण्डारी, ज्यान्ट्याङपँधेरा सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाट, लियो क्लब अफ तनहुँका अध्यक्ष सुनिल मिश्र तथा लियो क्लब अफ तनहुँ अल्फाकी संस्थापक अध्यक्ष सुस्मिता चौधरीलगायतले वनको संरक्षण र पार्क निर्माणमा लायन्सको भूमिकाको सराहना गरे ।

क्लबकी सचिव सरिता थापा भण्डारीले पोहोर पनि वृक्षारोपण गरिएको र थप वृक्षारोपण गर्दै पार्कलाई पर्यटकीय स्थल बनाउन लागिएको बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्