विकास खनाल
दमौलीः १४ औँ महाधिवेशन नजिकिए सँगै नेपाली कांग्रेस पार्टी भित्र चुनावी सरगर्मी बढेको छ । र, यसै सन्दर्भमा भदौ १ र २ गते हुने गण्डकी प्रदेश समिति सभापतिमा तनहुँका नेता रघुनाथ पौडेलको चर्चा बढ्न थालेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको साथमा अघि बढ्ने तयारी उनको छ ।
संस्थापन पक्षबाट गोरखाका सुरेन्द्र पाण्डे तथा पर्वतका अर्जुन जोशीको सो पदमा उम्मेदवारी रहने चर्चा छ । कास्कीका पुराना कांग्रेस नेता शुक्रराज शर्माको पनि वरिष्ठ नेता पौडेल खेमाबाटै चर्चामा छ । प्रदेश सभापतिमा ४ जनाको नाम आइरहँदा १५ वर्ष सम्म पार्टीको तनहुँ सभापति भएका रघुनाथ पौडेलले पाउनुपर्ने उनी निकटस्थ कार्यकर्ता बताउँछन् ।
प्रदेश सभापतिमा ४ जनाको नाम आइरहँदा १५ वर्ष सम्म पार्टीको तनहुँ सभापति भएका रघुनाथ पौडेलले पाउनुपर्ने उनी निकटस्थ कार्यकर्ता बताउँछन् ।
१५ वर्षसम्म लगातार पार्टी जिल्ला सभापति पदमा नेतृत्व गरेका पौडेलले पार्टी भित्र गुटबन्दी अन्त्य हुनुपर्ने र क्षमताका आधारमा जिम्मेवारी बाँडफाँट हुनुपर्ने बताउने गरेका छन् । लामो समय पार्टी नेतृत्व गरे पनि पार्टीको कुनै जिम्मेवारी नदिइएका उनलाई पौडेल खेमाले टिकट दिनुपर्ने राय एकथरीको छ ।
उनले टिकट पाएमा पुरानो सम्बन्ध र अन्य राजनीतिक सम्बन्धका आधारमा जितमा पहल गर्ने भनाई उनी पक्षधरहरुको छ । तर उनले टिकट पाउलान् कि नपाउलान् स्पष्ट नभए पनि डा. शशांक कोईरालासँगको बलियो र पौडेलसँगको सुमधुर सम्बन्ध फाइदाजनक हुने कतिपयको तर्क छ ।
को हुन पौडेल ?
शिक्षा
पौडेलको जन्म ः २००८ सालमा साविक रूपाकोट र हाल भानु नगरपालीका वडा नँ ११ मा मध्यम परिवार मा पौडेलको जन्म भएको हो ।
काङ्ग्रेस नेता पौडेलको शिक्षा लमजुङ जिल्लामा भएको पाइन्छ । उनले बिए , बिएड सम्मको अध्यन पूरा गरेका छन् ।
अध्ययन पश्चात उनले तनहुँको त्रिभुवन मावि सहितका विद्यालयमा शिक्षक र प्राध्यापक भइ १५ बर्ष सेवा गरेका थिए ।
राजनीति यात्रा
पौडेल १६ वर्षकै उमेर देखि राजनीतिमा होमिएका हुन् । २०२४ सालमा लमजुङ कुन्छाको इन्टर कलेज स्ववियू सदस्य निर्वाचित भए पछि उनको राजनीतिक यात्रा सुरु भएको पाइन्छ । त्यसपछि उनी २०२८ सालमा गण्डकी छात्र समिति काठमाडौंको सदस्य बनेका थिए ।
उनी २०३१ सालदेखि नेपाली काङ्ग्रेस तनहुँको जिल्ला सदस्य बनेका हुन् । त्यसपछि क्रमश सहसचिव , उपसभापति र ३ कार्यकाल जिल्ला सभापति हुँदै हाल महासमिति सदस्यको रूपमा पौडेल क्रियाशील छन् ।
जेलजीवन
कांग्रेस नेता पौडेल देशको व्यवस्था परिवर्तनका लागि समय समयमा भएका आन्दोलनमा सक्रिय रुपमा नेतृत्व गर्दै सरिक भएका नेता हुन् । २०२९ सालको विद्यार्थी आन्दोलनमा केन्द्रीय कारागारमा १ महिना जेल बसेबाट उनले राजनीतिक जीवन थाले ।
२०३६ सालको जनमत संग्रह , २०४२ सालको सत्याग्रह र २०४६ सालको आन्दोलनमा उनी निरन्तर सक्रिय रहे । यस्तै २०६२ ÷ ०६३ को आन्दोलनमा तनहुँको नेतृत्व गरेका नेता हुन्, पौडेल । उनी विभिन्न समयमा गरि १ वर्ष जेल जीवन बिताए ।