मन्त्रिपरिषदको निर्णयः बकरिदमा साउन ६ गते बिदा, ११ राजदुतको नियुक्ति खारेज

  • ख-
  • ख+

काठमाडौंः सरकारले मुसलमान समुदायको मुख्य चाड बकरिदका अवसरमा आगामी साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


यसैगरी पूर्ववर्ती सरकारले गरेको ११ राजदूत नियुक्तिको निर्णय खारेज गरिएको पनि उनले जानकारी दिए । बैठकले भारतका लागि सातामा एक दिनको उडान हुँदै आएकामा अब तीन पु¥याउने निर्णय गरेको छ ।


सरकारले कोभिडविरुद्धको खोप र अत्यावश्यक सामग्री दिएको भन्दै छिमेकी मूलुकहरुलाई धन्यवाद दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी