युवा व्यवसायी अभियानद्वारा आगलागीपीडितलाई ५० हजार

  • ख-
  • ख+

आँबुखैरेनी: युवा व्यवसायी अभियान श्रेष्ठले आँबुखैरेनीका अग्नीपीडित र क्लबलाई ५० हजार रुपैयाँ बराबरको विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेका छन् । श्रेष्ठले आँबुखैरेनी गाउँपालिका–५, बरालुङबेसीस्थित अग्नि पीडित स्यानी भुजेलको परिवारलाई ४० हजार रुपैयाँ बराबरको खाद्यान्न, भाँडाकुडा, सिरक डसना लगायतका सहयोग सामग्री हस्तान्तरण गरे ।

गत असार २९ गते विद्युत सर्ट भई अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा जलेर पूर्ण रुपले नस्ट भएको थियो । अग्निपीडितको परिवारलाई राहतस्वरुप डेक्ची १ थान, कराही १ थान, थाल ५ थान,बाल्टिन १ थान, बाटा १ थान, केत्ली १ थान, कुकर १ थान, गिलास ५ थान, कचौरा ५ थान, जग १ थान, चामल २ बोरा, ५ केजी दाल, २ पोका नुन, बेसार–मसला ३ पोका, डसना २ थान, तन्ना २ थान, सिरानी ३ थान र सिरक २ थान हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिएका छन् ।


यसैगरी, आँबुखैरेनी गाउँपालिका–५, बरालुङबेसी कै जनचेतना युवा क्लबलाई १० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री सहयोग हस्तान्तरण गरेका छन् । क्लबका सदस्य राजेश गुरुङलाई खेलकुद सामग्री अन्तर्गत ३ थान भलिबल, १ थान पम्प र १ थान नेट हस्तान्तरण बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्