
मुग्लिन: लगातारको वर्षाका कारण सोमबार रातीदेखि अवरुद्ध मुग्लिङ नारायणगढ सडकखण्डको अवरोध पन्छिने काम करिब नजिक नजिक पुगेको छ ।
ठाउँ ठाउँमा पहिरो गए पनि सडकको डोजरले पाँच किलो र जलविरेलगायतका ठाउँको अवरोध हटाएको छ । मुख्य ठूलो पहिरो खसेको चार किलोको धेरै अवरोध हटिसकेकाले एकाध घण्टाभित्र सवारी आगमन नियमित हुने प्रहरीको अनुमान छ ।
ईलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरिक्षक कञ्चन तामाङका अनुसार अब केही समयमा सवारी आगमन नियमित बनाउने अपेक्षा गरिएको छ ।

रातीदेखि नै निरन्तर डोजरहरु पहिरो हटाउने काममा खटेकाले साँझसम्म यातायात नियमित हुने अपेक्षा गरिए पनि लामो लाईन सडकमै रहेका कारण आगमन सहज हुन भने समय लाग्ने अधिकारीहरु बताउँछन् ।
मुग्लिङ तथा चार किलो लगायतका ठाउँमा रातीदेखि सैयौं सवारी सडकमै राखिएको छ । नारायणगढतर्फको खण्डमा पनि सडक क्षेत्रमा सैयौं सवारी रोकिएका छन् ।