तनहुँका सन्देश एनआरएनए अष्ट्रेलिया युवा सदस्य चुनावमा

  • ख-
  • ख+

दमौलीः अष्ट्रेलियाको सिड्नीमा एक दशकयता व्यवसाय क्षेत्रमा सक्रिय दमौलीका युवा सन्देश राजभण्डारी एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय युवा कमिटिका सदस्य चुनावी दौडमा उत्रिएका छन् ।


गैरआवासीय नेपालीका विभिन्न सामाजिक गतिविधिमा सक्रिय भएर लागिरहेका राजभण्डारी सिड्नी क्षेत्रबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । युवामाझ लोकिप्रय र सहयोगीको पहिचान बनाएका राजभण्डारीले संस्थालाई सबैको साझा र बलियो संस्थाका रुपमा विकास गर्न उम्मेदवारी घोषणा गरेको दमौली न्युजलाई बताए ।

उनले वृहत सहभागीताबाट मात्र संस्थामा परिवर्तन सम्भव भएको भन्दै उम्मेदवारी दिएको बताए । अष्ट्रेलियामा रहेका तनहुँवासीका अलावा अनय क्षेत्रबाट पनि सकारात्मक साथ र समर्थन प्राप्त भएकाले चुनावमा विजयी हुने उनले विश्वास प्रकट गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी