
दमौलीः गण्डकी प्रदेशमा कोरोना संक्रमण निरन्तर बढिरहेको देखिएको छ । दैनिक संक्रमितको संख्यामा वृद्धि भैरहेको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयले विहान सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी नगरपालिकाका ४ पुरुष र ४ महिलामा संक्रमण भेटिएको छ । शुक्लागण्डकी १० कि २३ वर्षिया महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनमा संक्रमण देखिएको हो ।
बाँकी संक्रमित भने विदेशबाट फर्किएका तथा कन्ट्याक्ट ट्रेसिङमा परेको बताइएको छ ।
चितवन मेडिकल कलेजमा उपचारका लागि गएका देवघाट गाउँपालिका २ का २१ वर्षिय एक पुरुषमा पनि संक्रमण भेटिएको छ ।
पछिल्लो नतिजामा नवलपरासी बर्दघाट सुस्तापूर्वमा अधिक २० जनामा संक्रमण भेटिएको छ ।
स्याङजाका १२ र कास्कीका तीनसँगै लमजुङ, मनाङ र गोरखाका पनि एक एक जनामा संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।