‘राजसंस्था पुनस्र्थापना गर्न’ आँबुखैरेनीमा शाही शक्ति गठन

  • ख-
  • ख+

आँबुखैरेनी: राजसंस्था समर्थकहरुको आँबुखैरेनीमा सम्पन्न एक भेलाले शाही शक्ति नेपाल आँबुखैरेनी गाउँ समिति गठन गरेको छ ।

छिम्केश्वरी पार्टी प्यालेसमा सम्पन्न भेलाले राहुल केसीको अध्यक्षतामा १५ सदस्यीय शाही शक्ति नेपाल आँबुखैरेनी गाउँ समिति गठन गरेको हो । समितिका उपाध्यक्षमा दुर्गा थापा, सचिवमा ज्ञानेन्द्र श्रेष्ठ, कोषाध्यक्ष विनोदकुमार श्रेष्ठ तथा सहसचिवमा अनिल अधिकारी छन् ।


यसैगरी, सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, मनोज श्रेष्ठ, सुरेन्द्र थापा, रन्जित श्रेष्ठ, रामचन्द्र परियार, सपना श्रेष्ठ तामाङ, राजु श्रेष्ठ, अनिल मल्ल, युव कुमारी श्रेष्ठ, सन्त बहादुर राना रहेका छन । राजसंस्था सहित हिन्दु अधिराज्य बनाउनु पर्ने र प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री हुनुपर्ने लगाएत मुख्य एजेन्डा बोकेर आँबुखैरेनीमा शाही शक्ति नेपाल समिति गठन गरिएको परिकल्पनाकार एवम् आँबुखैरेनी गाउँ कमिटीका संरक्षक तथा सल्लाहकार मनोजकुमार श्रेष्ठले बताए ।


शाही शक्ति नेपाल संरक्षक मुनिन्द्र राजभण्डारीको प्रमुख आथित्यतामा भएको भेलामा शाही शक्ति नेपाल नुवाकोटका जिल्ला अध्यक्ष केवि तामाङ, गोरखा जिल्ला अध्यक्ष नारायण बाबु श्रेष्ठ, कार्यक्रम संयोजक भगवानदास मल्ल, कार्यक्रम संयोजक कृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको बताइएको छ ।


संस्थाले राजसंस्था पुनस्र्थापनाका पक्षमा आवाज उठाउने संरक्षक श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी