
ऋषिङः ऋषिङका पहिरो पीडितलाई लायन्स क्लब अफ पोखरा मिड टाउनले जस्ता तथा भाँडाकुँडा सहयोग गरेको छ ।
क्लबकी प्रथम उपाध्यक्ष सुनादेवी श्रेष्ठ मल्लको संयोजकत्वमा आएको लायन्स क्लबको टोलीले पहिरो पीडितहरुका लागि जस्ता तथा भाँडाकुडा सहयोग गरेको हो । कार्यक्रम संयोजक श्रेष्ठ ऋषिङ माईत भई हाल पोखरामा व्यवसायमा संलग्न छन् ।
ऋषिङ्गमा आएर सहयोग गर्ने योजना रहे पनि निरन्तरको झरी तथा मौसम प्रतिकुलताका कारण गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलाई भिमादमा एक कार्यक्रमका बिच हस्तान्तरण भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले क्लबको ऋषिङसँग दुःख साट्न आएकोमा धन्यबाद दिए । उनले कुनै पनि पुराना कुरा चिज सामाप्त भएर जाने तथा ऋषिङ्गमा ध्वस्त भएका संरचनाले नवीन ऋषिङका लागि स्थायी नवीन संरचनाको आवश्यकता औंल्याएको हुँदा अझै ऋषिङ नयाँ उर्जाका साथ लाग्ने बताए ।
उनले ऋषिङ पीडामा रहँदा जुन सद्भाव र सदासयतालाई ऋषिङले सदा स्मरण गर्ने बताए ।
कार्यक्रममा लायन्स ३२५ डि १ नेपालकाा डिष्ट्रिक्ट एडमिनिस्ट्रटर किशोर बराल , क्लष्टर चिफ तथा क्लबका पुर्ब अध्यक्ष ठाकुरप्रसाद अधिकारी, क्लबका पुर्ब अध्यक्ष विष्णु बास्तोला , मिड टाउनका डिष्ट्रीक ३२५ डि १ का अडिस्नल एडिष्नल क्याबिनेट सेक्रेटरी विकास भुर्तेल , क्लबका पुर्ब अध्यक्ष देवी तिमल्सिना , नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि मिलन आले, शिक्षाबिद गोपाल पराजुली , ब्यवसायी बाबुराम सुनार , क्लबका अध्यक्ष रविराज भुर्तेल, सचिव पोसबहादुर भुजेल, ईष्ट टाउनको अध्यक्ष चिरन्जिबी न्यौपानेलगायतले मन्तब्य राखेका थिए ।
स्थानीय युवा तथा दमौली न्युजका विशेष सम्वाददाता दानबहादुर श्रेष्ठको समन्वयमा ऋषिङ गाउँपालिकाका पहिरोबाट घर गुमाएकाहरुलाई राहत स्वरुप प्रति घर १ बण्डल जस्ता तथा भाँडा बर्तनहरु सहयोग गरिएको हो ।

गाउँपालिकाको वडा नं ८ स्थित चामपानीका राप बहादुर लाम्कान , भैसिकिलिका टेक बहादुर थापा र अर्चलेका कमला गुरुङ तथा वडा नं ७ चेलोक्माका टेकबहादुर राना , दधिबनका नरजन थापा लाई सो राहत उपलब्ध हुने क्लबले जनाएको छ ।
राहत वितरण कार्यमा लायन्सको ब्लु स्काई टाउन र इष्ट टाउनको पनि सहयोग रहेको क्लबले जनाएको छ ।
गाउँपालिकामा पहिरोमा परि गत साता २ जनाले ज्यान गुमाएका थिए भने वडा नं ७ र ८ मा ५ घर पुर्ण क्षति भएको थियो । पहिरो जोखिममा कारण दर्जनौंले आफ्नो घर छोडेका छन भने कयौं घर उच्च जोखिममा छन ।