दीप मिलनलाई एनआरएनए साहित्य पुरस्कार

  • ख-
  • ख+

दोहाः लामो समयदेखि कतारमा कार्यरत रुपन्देही रुद्रपुरका दीप मिलनलाई गैर आवासीय नेपाली संघ कतारले सम्मान गरेको छ।

कतारमा रहेर नेपाली भाषा तथा साहित्यको माध्यमले नेपाली समाजलाई एकीकृत तथा भाषा साहित्यको संरक्षण कार्यमा गरेको मेहनतको मूल्यांकन गर्दै गैर आवासीय नेपाली संघ कतारले नवौं महाधिवेशनको अवसरमा पुरस्कृत गरेको हो। संघले नगद १५,००१ रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरेको हो।

संघको २०१७–२०१९ कार्यकालमा स्थापित साहित्य, पत्रकारिता तथा खेलकुद पुरस्कार अन्तर्गत उनी साहित्य पुरस्कारद्वारा सम्मानित भएका हुन्। वर्तमान समयमा भाषाको जगेर्ना निकै महत्त्वपूर्ण भएको र यो काम साहित्यले गर्ने भएकाले साहित्य पुरस्कारद्वारा पुरस्कृत गरेको संघले जनाएको छ।

साथै यो सम्मानले आफ्नो लेखन र अध्ययनमा थप हौसला प्रदान गरेको दीप मिलनले बताएका छन्। रमेश स्मृति कोषका संयोजक तथा अनुराग साहित्य समाज देवदह रूपन्देहीका वैदेशिक विभाग प्रमुख रहेका दीप मिलन नवोदित साहित्यिक वाचनालय कतारका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य हुन। उनी गजल इन्द्रेणी नामक संयुक्त गजल संग्रहका प्रकाशक समेत रहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी