भाईरल बनेको ‘ट्रि हाउस’ हरित पार्क हरियाली बनाइने

  • ख-
  • ख+

जामुनेः सामाजिक सञ्जालमा भाईरल बन्न सफल म्याग्दे गाउँपालिका २ को ‘ट्रि हाउस’ हरित डाँडालाई हरियाली बनाउन वृक्षारोपण थालिएको छ ।

सब वन डिभिजन कार्यालय गुणादीको सहयोगमा प्राप्त तीन सय बढी फलफूलका बिरुवा रोपण थालिएको ज्यान्ट्याङपँधेरा सामुदायिक वनका अध्यक्ष ईश्वरबहादुर रानाभाटले जानकारी दिए ।
आँप, लिचि, कपुरलगायतका बिरुवा रोपण गरिएको न्यु जागृति आमा समूहकी अध्यक्ष सुभद्रा रानाभाटले जानकारी दिइन् ।


कार्यक्रममा म्याग्दे २ की वडा सदस्य तारा रानाभाटले हरित पार्कको संरक्षण समिति चाँडो गठन गर्न भन्दै यस ठाउँलाई पर्यटकीय बनाउन वडा कार्यायका तर्फबाट सघाउने प्रतिवद्धता जनाइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी