कांग्रेस जिल्ला अधिवेशनः क्षेत्र नम्बर २ मा सहमति गर्न हाईकमाण्डलाई जिम्मा

  • ख-
  • ख+

खैरेनीटारः तनहुँ क्षेत्र नम्बर २ मा सबै पदमा सर्वसम्मति गर्ने निर्णय नेताहरुले गरेका छन् ।

क्षेत्रीय सभापति किसान गुरुङको सभापतित्व खैरेनीटारमा बसेको पार्टी क्षेत्रीय कार्य समितिको बैठकले जिल्ला अधिवेशनअघि आफ्नो क्षेत्रका सबै समितिमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस क्षेत्रीय सदस्य सुरजकुमार श्रेष्ठले दमौली न्युजलाई जानकारी दिए ।


बेठकले यसका लागि पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेल, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले तथा कार्यवाहक जिल्ला सभापति जीतप्रकाश आलेलाई जिम्मा दिएको छ । ‘उहाँहरुले सकेसम्म सर्वसम्मतिका लागि पहल गर्ने निर्णय भएको छ,’ उनले भने ।


बैठकले पार्टी अधिवेशनका लागि आर्थिक संकलन गर्न कार्यवाहक सभापति झुलबहादुर आलेलाई संयोजक तोकेको छ । बैठकमा पार्टी कार्यवाहक सभापति जीतप्रकाश आले, संगठन विभाग प्रमुख बालकृष्ण घिमिरे, क्षेत्रीय सह सभापति राजेन्द्रकृष्ण श्रेष्ठसहित नेताहरु समेत उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी