नव पसले क्लबद्वारा विद्यालय सफाई

  • ख-
  • ख+

म्याग्देः नव पसले युवा क्लब पसले आधारभूत विद्यालयको सरसफाई गरेको छ । विद्यालयमा वर्षाका कारण झार उम्रिएको तथा फोहोर भएकाले सरसफाई गरिएको क्लबका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिए ।


कार्यक्रममा वर्षाका बाबजुद क्लबका सदस्यहरुले विद्यालय परिसरको सफाई गरेका थिए । म्याग्दे ३ का वडाध्यक्ष श्रीबहादुर थापाले सामाजिक क्षेत्रमा युवाको सहभागीताको प्रशंसा गरे ।

स्थानीय युवा विधान रानाभाटका अनुसार युवा क्लब सामाजिक र खेल गतिविधिमा सक्रिय रहँदै आइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी