प्रदेशको खेल विकासमा सघाउन नीति आयोग उपाध्यक्ष काफ्लेसँग आग्रह

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशको खेल क्षेत्र विकासका लागि विशेष ध्यान दिन प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेसँग एन्फा तनहुँको प्रतिनिधिमण्डलले भेट गरेको छ ।

अध्यक्ष रत्नकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले उपाध्यक्ष डा. काफ्लेलाई खेल क्षेत्रको विकासका लागि आयोगका तर्फबाट विशेष सहयोग गर्न आग्रह गरेको हो । अध्यक्ष श्रेष्ठले प्रदेशमा फुटबल र फुटसल समेतको सम्भावना बढी भएकाले रंगशाला र अरु पूर्वाधारका लागि उपाध्यक्ष काफ्लेको ध्यानाकर्षण गराए ।

एन्फाको फुटसल समितिका संयोजक समेत रहेका उनले पोखरा रंगशालामा प्लड लाइट राख्न सकिए अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा आयोजना गर्न सकिने पनि बताए । जवाफमा डा. काफ्लेले प्रदेश सरकार फरक ढंगको विकासका लागि तत्पर रहेको भन्दै खेल क्षेत्रका योजनामा विशेष ध्यान दिइने बताए ।

उनले पोखरा रंगशालामा प्लड लाइट राख्ने विषयमा मुख्यमन्त्री र सम्बद्ध मन्त्रालयलाई परामर्श र योजनामा सघाउने प्रतिवद्धता पनि जनाए । टोलीमा एन्फा तनहुँका सदस्य हरि तिमिल्सना तथा प्रवक्ता पवन पौडेल पनि सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी